महालक्ष्मी बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा
काठमाडौँ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि– आश्वा तथा टि। एम। एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टि. एम. एस खाता निशूल्क खोल्नुका साथै मेरो सेयर तथा सि– आश्वा दर्ता गर्न पनि शूल्क लाग्ने छैन । टि। एम। एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैंक स्वयंले नै गर्नेछ ।
यसबाट सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।