२०२४ को आपूर्ति सिजनमा ३.५ मिलियन टन स्थानीय गहुँ खरिद गर्ने इजिप्टको लक्ष्य

एजेन्सी । इजिप्टको आपूर्ति र आन्तरिक व्यापार मन्त्रालयले सोमवारदेखि किसानहरूबाट स्थानीय गहुँ खरिद गर्न शुरु गर्ने घोषणा गरेको छ । आपूर्ति तथा आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीका अनुसार इजिप्टले सन् २०२४ को खरिद सिजनमा ३५ लाख टन स्थानीय गहुँ खरिद गर्ने लक्ष्य राखेको छ ।

गहुँको परिमाण उपलब्ध गराएपछि मात्रै २४ घण्टाभित्र किसानले आफ्नो आर्थिक वक्यौता पाउने मन्त्रालयले बताएको छ । यस सिजनमा गहुँ आपूर्ति ऐच्छिक रहे पनि मन्त्रालयले सम्बन्धित प्रदेशमा आधिकारिक अनुमतिबिना गहुँ एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्न निषेध गरेको बताएको छ । आपूर्तिको मौसममा, चारा कारखाना र माछा फार्मका मालिकहरूलाई उनीहरूको उत्पादनमा स्थानीय गहुँ समावेश गर्न निषेध गरिएको छ ।

शुद्धताको आधारमा यस सिजनमा गहुँको खरिद मूल्य १ हजार ९०० देखि २ हजार इजिप्टियन पाउण्ड (लगभग ३९.९ देखि ४२.१ अमेरिकी डलर) प्रतिअर्डेबसम्म छ । मार्चमा इजिप्टको मन्त्रिपरिषद्ले आगामी फसलको सिजनको लागि स्थानीय गहुँ खरिद मूल्य २५ प्रतिशतले बढाएको थियो । इजिप्टले सरकारलाई थप गहुँ बेच्न किसानहरूलाई प्रोत्साहित गर्न विभिन्न उपायहरू अपनाइरहेको छ । रुस–युक्रेन संकटका कारण खाद्यान्न आपूर्ति श्रृङ्खलामा आएको अवरोधबीच स्थानीय उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *