चेल्सीले एभर्टनलाई ६-० ले हरायो
मकालु खबर
२०८१ वैशाख ४ गते
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो ।
चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए भने निकोलस ज्याक्सन र अलिफ गिलक्रिष्टले एक एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको ३१ खेलमा ४७ अंक भएको छ र लिगमा नवौ स्थानमा उक्लिएको छ । एभर्टनको भने ३२ खेलमा २७ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।
मकालु खबर
२०८१ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित