सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

२०८१ वैशाख ४ गते

काठमाडौँ । वर्षा र सहकालका देवता मानिएका सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ ।
मंगलबार बेलुकी रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मत्स्येन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशाला अगाडीको रथसम्म ल्याइएको थियो ।
सेतो मत्स्येन्द्रनाथको जात्रा सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरव अघि लगिन्छ ।
तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मत्स्येन्द्रनाथको आमाको मन्दिरमा रथ तीन पटक घुमाउने गरिन्छ ।

२०८१ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित