८० करोड लगानीमा नेपालमै सिरिन्ज उत्पादन सुरु
काठमाडौँ । फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिन्ज उत्पादन सुरु गरेको छ ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणासहितको टिमले नेपालमा पहिलो पटक ललितपुरको चुनिखेलमा सिरिन्ज उद्योग सञ्चालनमा ल्याएका हो । बिहीबार सिरिन्ज उद्योगको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरे ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उद्घाटन गरेसँगै फरच्युना ब्राण्डका सिरिन्ज बिक्री वितरण समेत सुरु भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रा।लि।का अध्यक्ष राणाले जानकारी दिए । अध्यक्ष राणाले नेपालको औद्योगिक क्षेत्र र गुणस्तरीय स्वास्थ्य उपकरणको अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको बताए ।
उनले नेपाली बजारमा आवश्यक पर्ने सबै खाले सिरिन्ज उत्पादन गरी आत्मनिर्भर बनाउने उद्देश्य उद्योगको रहेको बताए । नेपालमा वार्षिक रुपमा १७ भन्दा बढी मुलुकबाट ५७ करोड ८३ लाख भन्दा बढीको सिरिन्ज आयात भएको देखिएको उनको भनाई छ । उनले एक वर्षका ६ करोड ४७ लाखको संख्यामा सिरिन्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीहरूले दुःख पाइरहेको बताए ।
अध्यक्ष राणाले तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य रहेको बताए । उनले फरच्युना सिरिन्ज उत्पादनको गुणस्तरमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए । अध्यक्ष राणाले मुलुकमा आवश्यक हुने सिरिन्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी गरे ।
विभिन्न देशबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरी सिरिन्ज उत्पादन गरिएको बताए । फरच्युना हेल्थ केयरमार्फत उत्पादन हुने सिरिन्जले विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०बाट समेत मान्यता लिइसकेको उनको भनाई छ । उनले नेपालमा गुणस्तरीय सिरिन्ज उत्पादन भएपछि कम गुणस्तरका उपकरणहरू आयातमा राज्यले प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।
उनले कोभिड १९ अघि (सन् २०१९) देखि उद्योग सञ्चालन तयारी भएपनि कोरोनाका कारण विदेशबाट आवश्यक सामान आयात गर्न ढिलाइ हुँदा लागत बढेको बताए । उनले नेपालभर सिरिन्ज बिक्री वितरण गर्ने भएकाले रोजगारी संख्या अझै थपिँदै जाने विश्वास लिएको उल्लेख गरे ।
उनले भने ‘हामीले स्वास्थ्य उपकरणको उत्पादनमा हात हालेका छौं । यसले मुलुकको औद्योगिक क्षेत्रमा पु¥याउने योगदान छर्दैछ । गुणस्तरीय स्वास्थ्य उपकरण अभावलाई पूर्ति गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्य पनि लिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा विश्वका १७ मुलुकबाट मुलुकबाट ५७ करोड ८३ लाख भन्दा बढीको सिरिन्ज आयात भएको देखिएको छ । एक वर्षमा ६ करोड ४७ लाखको संख्यामा सिरिन्ज भित्रिए पनि गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राही र बिरामीहरूले दुःख पाइरहेका छन् । तत्कालका लागि नेपाली बजारमा बिक्री वितरण गर्ने र भविष्यमा विदेशसमेत निर्यात गर्ने लक्ष्य पनि लिएको छ । फरच्युना सिरिन्ज उत्पादनको गुणस्तरमा कुनै कमी हुन दिँदैनौँ । मुलुकमा आवश्यक हुने सिरिन्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको छ । विभिन्न देशबाट उच्च गुणस्तरीय कच्चा पदार्थ आयात गरी सिरिन्ज उत्पादन गरिएको छ । फरच्युना हेल्थ केयरमार्फत उत्पादन हुने सिरिन्जले विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०बाट समेत मान्यता लिइसकेको छ ।’
उद्योग स्थापना तथा उत्पादन विविधीकरणका लागि ८० करोड रुपैयाँ लगानी भएको छ । उद्योगले अहिलेसम्म ५० करोड लगानी भइसकेको जनाएको छ । कम्पनीले सिरिन्ज उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जी.एम.पी.मा आधारित रहेर आइइसओ मापदण्डको स्ट्याण्डर्ड पूरा गरेको जनाएको छ ।