आईपीएलमा बिराटको टिम बैंगलुरुको सातौं हार, कोलकाताको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका विराट कोहली सम्मिलित टिमले सातौं हार व्यहोरेको छ।

आइतबार कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई एक रनले स्तब्ध बनाएको हो।

अन्तिम दुई बलमा ३ रन आवश्यक पर्दा बैंगलुरुले मात्रै एक रन जोडेर २ विकेट गुमाउन पुग्दा ८ औं खेलमा सातौं हार भोग्न पर्यो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय २२ रन विशाल लक्ष्य बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले उत्कृष्ठ सुरुवा गरे पनि अन्तिमतिर निराशाजनक प्रदर्शन गर्यो र लगातार विकेट गुमायो।

अन्तिम ओभरमा तीन छक्का प्रहार गरेसँगै जित नजिक पुगेको बैंगलुरुले एक रनले नतिजा सुम्पियो।

जितसँगै कोलकाता तालिकाको दोस्रो स्थानमा उक्लँदा बैंगलुरु अन्तिममा यथावत छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *