ट्वान्टी–२० शृंखला

वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको चौथो खेल खेल्दैछ । पाँच खेलको सिरिजका तीन खेल सकिँदा २-१ ले पछाडि परेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो ।

बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको नेपाल टी-२० सिरिजमा २-१ ले पछाडि परेको छ । सिरिजको अन्तिम खेल शनिबार हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *