प्रदेश प्रमुख समक्ष बझाङ उपनिर्वाचनको प्रतिवेदन पेस
मकालु खबर
२०८१ वैशाख २३ गते
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १ (क) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको प्रतिवेदन पेस गरिएको छ ।
निर्वाचन आयोगका तर्फबाट प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आज प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेका हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार प्रतिवेदन पेस गरिएको हो ।
वि.सं २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।
मकालु खबर
२०८१ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित