कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै शपथ
मकालु खबर
२०८१ वैशाख २७ गते
कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।
प्रदेश प्रमुखले बुधबार बेलुका मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। कार्कीले आजै बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए। उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।
एमाले सांसद समेत रहेकी उपसभामुखको भने हस्ताक्षर बुझाइको छैन। संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
उनलाई आजै साँझ ५ बजे सपथ गराउने प्रदेश प्रमुखको तयारी छ।
मकालु खबर
२०८१ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित