UEFA EURO CUP 2024 को लागि ‘नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न
काठमाडौँ । साईमेक्स् इन्क. प्रा. लि को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
विजेताहरूले जर्मनीमा हुने UEFA EURO CUP 2024 खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाएका छन् । यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरूलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।
साईमेक्स् इन्क प्रा. लि. ले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरूबाट ११ जना
भाग्यशाली ग्राहकहरू लक्की ड्रबाट चयन गरि विजेता घोषित गरिएको हो । बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स्
इन्क। का अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए ।
दुई चरण गरी लक्की ड्रबाट निकालिएका विजेताहरूको नामावली अनुसार पहिलो चरणका विजेताहरूको नाम यस प्रकार रहेको छ :
बिवाइडी कस्टमर
कार्निभल : जयराम न्यौपाने
कोड नम्बर : ४०७ शास्वत गौतम
कोड नम्बर : ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ
कोड नम्बर : ०८८ बिजेन्द्र शाक्य
कोड नम्बर : ३७३ कबिनराज श्रेष्ठ
कोड नम्बर : ०२६ दिनेश प्याठा
तथा दोस्रो चरणका विजेताहरूको नाम
कोड नम्बर : ६६२ गणेश कँडेल
कोड नम्बर : ६५३ डा. ममता क्षेत्री र डा जगदीश तिमिल्सिना
कोड नम्बर : ६८२ प्रदीप पौडेल
कोड नम्बर : १६२ सगरमाथा टेलिभिजन र बिमल गुरुङ
कोड नम्बर : ६९१ जयप्रकाश दास
कोड नम्बर : २०० सजिना पाण्डेय
‘नेपाली अब युरो कपमा’ योजनाको ११ भाग्यशाली विजेताहरूलाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी छौं, भन्दै यस किसिमका योजनाहरूले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुद प्रतिको हाम्रो समर्थन र प्रतिबद्धतालाई जोड दिने विश्वास कम्पनीका अध्यक्ष समीर श्रेष्ठले व्यक्त गरे ।
साथै योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण सम्पूर्ण UEFA EURO CUP 2024 टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताए ।
यो योजना साईमेक्स् इन्क. प्रा. लि.को लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ । आफ्ना समस्त ग्राहकहरूको लागि पृथक् अनि अविस्मरणीय अनुभवको अवसर सिर्जना गर्दै विद्युतीय सवारीसाधन उद्योगमा निरन्तर नवीनतम प्रविधिको साथ उत्कृष्ट सुविधा प्रदान गरिरहने बिवाइडीको लागि यसले फुटबल खेलको नजरबाट मात्र नभई आफ्ना ग्राहकहरूको लागि असाधारण मूल्य प्रदान गर्ने कम्पनीको समर्पणलाई पनि बलियो रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ ।
‘नेपाली अब युरो कपमा’ योजनाका विजेताहरूलाई साईमेक्स् इन्क. प्रा. लि. ले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ । कम्पनीले सम्पूर्ण योजनामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि हार्दिक आभार प्रकट गरेको छ र भविष्यमा थप रोमाञ्चक योजनाहरू लिएर आउने प्रतिबद्धता व्यक्त गरेको छ ।