दुई खेल बाँकी छँदा म्यानचेस्टर सिटी शीर्ष स्थानमा
मकालु खबर
२०८१ वैशाख ३० गते
काठमाडौं । म्यानचेस्टर सिटी इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली फुलहामलाई ४–० ले पराजित गर्दै उपाधि दाबेदारी बलियो बनाएको हो ।
सिटीको जितमा जोस्को ग्वार्डीओलले २ तथा फिल फोडेन र जुलियन अल्भारेजले १–१ गोल गरे । जितपछि सिटीको ३६ खेलमा ८५ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको समान खेलमा ८३ अंक छ । लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ ।
मकालु खबर
२०८१ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित