ईसेवा मनि ट्रान्सफरले चौथो वार्षिकोत्सव मनाउँदै

काठमाडौँ । ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पुरा गरेको छ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको छ ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु,१३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरूले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन् ।

कार्य सञ्चालनमा आए सँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९र८० मा रेमिट्यान्स भित्राउँन एक महत्वपूर्ण योगदान पुराएकोमा नेपाल राष्ट्र बैंक बाट पनि सम्मानित भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत–अजेश कोईरालाले भने ‘कार्य सञ्चालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिष्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुसी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण शुभचिन्तक हरूलाई दिन चाहन्छु ।’

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोईरालासाथै, डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो वर्ष पनि हामीले मेरो डिजिटल देश अभियान लाई निरन्तरता दिएको बताएका छन् । जस्मा एक जना भाग्यशाली विजेताले फेरी पनि काठमाडौँमा नयाँ घर जित्नसक्ने बताएका छन् ।

सबैको पहिलो रोजाइ बनेर वैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स आयातमा सहजता ल्याई हरेक बिदेसिएका नेपाली र उनीहरूको परिवारमा खुसी ल्याउनु नै आगामी दिनहरूमा कम्पनीको मूल लक्ष्य रहने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *