मधेशमा नयाँ सरकार बनाउने तयारीमा चार दल
मकालु खबर
२०८१ वैशाख ३० गते
मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। चार दलले नयाँ सरकार बनाउने सहमति गरेका हुन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज मात्रै सरकारबाट समर्थन फिर्ता लिएका छन्। समर्थन फिर्ता लिएलगत्तै दुबै दलले जनमत पार्टी र लोसपासँग छलफल गरेका थिए।
छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने बताइएको छ। तर माओवादीले पनि दाबी गरिरहेको छ।
मधेश प्रदेशमा १०७ साँसद छन् । सरकार बनाउन मात्र ५४ साँसद आवश्यक पर्छ । चार दलसँग ५५ साँसद छन्।
अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । सत्ता गठबन्धनका एमाले र माओवादी सरकार छाडेपनि नेकपा एसले समर्थन कायमै राखेको छ।
यद्दपी मुख्यमन्त्री अल्पमतमा परिसकेका छन्।
मकालु खबर
२०८१ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित