मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ ।

सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकेडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरू (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि) हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट विद्यार्थीहरूमा शिक्षा प्रति थप ऊर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *