नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो, छलफल गर्नुपर्ने कुनै अर्थ छैन : प्रकाशशरण महत
काठमाडौँ । पूर्वअर्थमन्त्री पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन् ।
मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधारणको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए ।
उनले विगतको जस्तै लामो कार्यक्रम आएको बताए । उनले कार्यक्रममा सरकारले भन्न केही पनि नछोडेका तर लागू हुने कार्यक्रम केही नभएको दाबी गरे । उनले नीति र कार्यक्रमलाई महत्व दिएर छलफल गर्नुको कुनै अर्थ नदेखिएको बताए । उनले कार्यक्रममा सुशासन र भ्रष्टाचार उन्मुक्तिका कुरा गरे पनि भनाई र गराई फरक रहेको बताए । उनले नीति तथा कार्यक्रमले आगामी बजेट वितरण र कार्यकर्तामुखी बजेट आउने अभ्यास गरेको देखिएको बताए ।
उनले भने ‘सरकारको भनाई र गराइमा आकाश जमिनको फरक छ । यति लामो नीति तथा कार्यक्रमको पक्षमा छैन । यति लामो कार्यक्रम राख्न आवश्यक छैन । पुरानै र्डरामा आएको छ । जुन ढङ्गमा सरकार चलेको छ । सुशासनको कुरा कार्यक्रमले गरेको छ भ्रष्टाचार उन्मुक्तिका कुरा गरेको छ । तर सरकारमा बस्नेहरूले गरेको दुरुपयोगलाई ढाकछोप गरिरहेको छ । काँग्रेसले लामो समयदेखि संसदमा माग उठाइरहेको छ । यो विषयलाई केही भएको छैन जसरी बसेको छ ।
नीति तथा कार्यक्रममा सुशासनको कुरा उठाएको छ त्यसको अर्थ छैन । अहिले राज्य संरचनाको दुरुपयोग भएको छ त्यसलाई अनुशासनमा ल्याउने कुरालाई समाप्त पारिएको छ । बजेटलाई अनुशासनमा ल्याउने काम थालेका थियौँ । ३ करोड केन्द्रबाट दिनेकुरा गर्दै हुनुहुन्छ । बजेट वितरणमुखी कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ । त्यसको अभ्यास नीति तथा कार्यक्रमले गरेको छ । नीति तथा कार्यक्रममा भन्ने कुरा केही छाडिएको छैन । तर हुने कुरा केही छैन ।’
उनले सरकार आफैँले राज्य संरचनाको दुरुपयोग गर्दै सर्वसाधारण जनताको माग बेवास्था गरेको आरोप लगाए ।