मुक्तिनाथ बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा शोक सभा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौँमा मिति २०८१ साल जेठ १ गते शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरूको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा एक मिनेट मौन धारण गर्नुको साथै उनले बैंक स्थापना तथा वृद्धिको लागि गरेको योगदानको चर्चा गरिएको थियो ।

विभिन्न व्यवधानहरू र चुनौतीहरूको सामना गर्दै स्याङ्जा जिल्लामा स्थानीय व्यक्तिहरूलाई समेटेर बैंक सञ्चालनमा ल्याउनु, जनविश्वास आर्जन गर्नु र फरक शैली तथा सेवाहरू सहित बैंकको व्यवसायलाई विस्तार गर्नु आफैमा कठिन काम थियो । तथापि, सञ्चालक समितिमा उनको कुशल नेतृत्वले बैंकलाई नयाँ उचाइमा लैजान सफल भएको बैंकले जनाएको छ ।

संस्थापक अध्यक्ष रेग्मीको २०८१ जेठ ०१ गते मंगलबार बिहान ५ बजे आफ्नै निवास, स्याङ्गजामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी भई उपचाररत थिए । वि.सं.२००६ साल साउन १५ गते भिरकोट नगरपालिका वडा नं।–७, (साबिक खिलुङ गा.वि.स.वडा नं.–२) स्याङ्गजामा पिता देवीप्रसाद रेग्मी र माता नोमा कुमारी रेग्मीको कोखबाट जन्मेका उनी करिब २३ वर्ष शिक्षण पेसामा बिताउनुको साथै समाज सेवामा पनि सक्रिय थिए ।

उनी स्याङ्जा जिल्लाको शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा अतुलनीय योगदान दिने व्यक्तिको रुपमा चिनिन्छन् । आफ्नो जीवनको सम्पूर्ण समय समाज र जनताको हकहितमा बिताएका उनी स्वच्छ छवि भएका सामाजिक व्यक्तिको रुपमा लोकप्रिय थिए । उनी साँझ स्याङ्जाको राम्दीमा हिन्दु परम्परा अनुसार अन्त्यष्ठी भएको छ ।

यस दुःखद घडिमा मुक्तिनाथ विकास बैंक परिवारले संस्थापक अध्यक्ष स्वर्गीय रेग्मी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *