अर्थमन्त्रीको प्रतिबद्धता- स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई चलायमान बनाउने बजेट ल्याउँछौँ
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाएका छन् ।
बुधवार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोबल उच्च बनाउने बजेट ल्याउने बताए । उनले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताए ।
उनले व्यवसायीहरूले सम्पत्तिको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बनाउने नीति नलिने बताए । उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए । उनले निजी क्षेत्र निरुत्साहित हुन नहुने बताए । सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताए । अर्थमन्त्री पुनले अर्थमन्त्रीले राम्रो कोसिस गरेको भन्ने गराउने गरी बजेट आउने दाबी गरे ।
उनले करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने बताए । उनले व्यवसायीक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम गर्ने बताए । उनले शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिने बताए । उनले सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरा बढाउने बताए ।
उनले भने ‘स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोबल उच्च बनाउने बजेट ल्याउँछौँ । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने छौं । व्यवसायीहरूले सम्पत्तिको रक्षा र सुरक्षा नहुने भनेर डराउनु पर्दैन । निजी क्षेत्रका कुनै क्षेत्र विशेषलाई केन्द्रित गरेर सरकारले काम गर्र्दैन । व्यवसायीहरूलाई दुख दिने सरकारको नीति हुँदैन । मङ्गलवार आएको नीति तथा कार्यक्रमले उत्साह जगाएको छ । बजेट मार्फत त्यसलाई बोक्न सक्ने हामी परिस्थिति बनाउँछौँ । अर्थतन्त्रमा सुधार गर्न सकिन्छ । अहिले पनि केही क्षेत्रहरूले असाध्यै राम्रो गरेको छ । अन्य सम्भावित क्षेत्रहरू पनि छन् । निजी क्षेत्र निरुत्साहित हुनुहुँदैन । सरकारलाई दबाब दिनुुस कहाँ सुधार गर्न आवश्यक छ त्यो गर्छ । ८ वटा संशोधन गरेको छ । सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गछौं । अर्थमन्त्रीले राम्रो कोसिस गरेको भन्ने गराउँछौँ । करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने कोसिस हुन्छ । व्यवसायीक वातावरण बनाउने काम हुन्छ । कोही काखा कोही पाखा हुन्छ की भनेर कुनै व्यवसायीहरू चिन्ता गर्नु पर्दैन । शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता हुन्छ । सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरालाई कसरी बढाउन सक्छौँ । त्यतातिर काम गरिरहेका छौं ।’
उनले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको बताए । उनले सरकारले निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको दाबी गरे ।