कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास
मकालु खबर
२०८१ जेठ ३ गते
काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् ।
सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्न्यास लिने घोषणा गरेका हुन् ।
फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने छन् ।
३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन् । यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए ।
पूर्व कप्तान तथा स्ट्राइकर भाइचुङ भुटियाको सन्न्यास पछि भारतीय टोलीमा उनले अग्रपंतीको जिम्मेवारी लिएका थिए । भारतीय टोलीबाट १५० खेल खेलेका उनले ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
मकालु खबर
२०८१ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित