भारतमा १७५ जना बोकेर उडेको विमानमा आगो लागेपछि आकस्मिक अवतरण
मकालु खबर
२०८१ जेठ ४ गते
भारतमा नयाँ दिल्लीबाट बेंगलुरुका लागि उडेको एयर इन्डियाको विमानको एयर कन्डिसन युनिटमा आगो लागेको छ। आगलागीका कारण विमान राष्ट्रिय राजधानी नयाँ दिल्ली फर्किएको छ।
स्रोतका अनुसार उडेको विमान एआई ८०७ राष्ट्रिय राजधानीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। विमानमा १७५ जना सवार रहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार विमानको वातानुकूलित एकाइमा आगो लागेको र आपतकालीन घोषणा गरिएको छ। विमान साँझ ६।४० बजे सावधानीपूर्वक सुरक्षित अवतरण गरेको छ।
एयरलाइन्सका एक अधिकारीले यात्रुहरूका लागि बेंगलुरु जान वैकल्पिक व्यवस्था गरिएको बताएका छन्।
मकालु खबर
२०८१ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित