हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु
मकालु खबर
२०८१ जेठ ७ गते
काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानसहित ९ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।
अजरबैजानसँगको सीमा क्षेत्रमा बाँधको उद्घाटनपछि फर्किँदै गर्दा राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । स्थानीय सञ्चारमाध्यमहरूले राष्ट्रपति रइसी सवार हेलिकप्टरले फोर्सल्यान्डिङ गरेको समेत जनाएका छन् । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।
मकालु खबर
२०८१ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित