४० वर्ष पुगेपछि महिलाहरूमा शारीरिक र मानसिक तनाव हुन्छ, समयमै ध्यान दिनुपर्छ- डा. मिना थापा
काठमाडौँ । महिलाहरु प्रजनन अवधि अथवा सन्तान प्राप्त गर्ने समयको अन्तिम अन्तिममा र महिनावारी सुक्ने बेलामा एउटा परिवारप्रति कर्तव्यबोध, जिम्मेवारीको महशुस हुनुका साथै घरको प्रतिष्ठीत गृहिणीको रुपमा आफूलाई स्थापित गर्न चाहन्छन् । यसको साथसाथै यो अवस्थाका महिलाहरुको उमेर ४० वर्ष नाघिसकेका हुन्छ । यो उमेरमा उनीहरुले आफनो शरीरमा केही परिवर्तन भएकोे पनि महशुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरुको परिवर्तन चालिस वर्षको उमेरबाट शुरु हुन्छ । जसले गर्दा उनीहरुमा शारीरिक र मानसिक साथै अरु कुराहरुमा पनि परिवर्तनहरु हुन शुरु हुन्छ ।
आज ४० वर्ष पुगेपछि महिलाहरुमा हुने मानसिक र शारीरिक परिवर्तन, कठिनाइ र उपचारका बारेमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मिना थापासँग कुराकानी गरेको छ । कुराकानीका क्रमा उनले ४० वर्षपछि महिलाहरुले दैनिक माछा, मासु, जंक फुडहरु खान कम गर्दै लैजानुपर्ने बताइन् । ४० वर्ष पुगेपछि साईकोलोजिकल चेन्जेज हुने भएकाले खानपिनमा विशेष ध्यान दिनुपर्ने बताइन् । यसै सम्बन्धमा केन्द्रित रहेर स्त्री त्था प्रसुती रोग विशेषज्ञ डा. मिना थापासँग गरेको कुराकानीको सम्पादित अंश ।
४० वर्ष माथिका महिलाहरूको स्वास्थ्य अवस्थालाई कसरी हेर्नुपर्छ ?
४० वर्ष नाघेपछि महिलाहरूको स्वास्थ्य अवस्थामा धेरै चेन्जेजहरु (परिवर्तन) आउँछ । त्यो भन्दाअघि र पछिमा फरक हुन्छ । त्यसको कारण के हो त भन्दाखेरि ४० वर्ष पछाडि महिनावारी सुक्ने जुन प्रक्रिया सुरु हुन्छ नि । त्यो प्रक्रियामा गइसक्यो भन्ने बुझिन्छ । अब सबै महिलाहरूको उस्तै उमेरमा महिना सुक्छ भन्ने पनि छैन । धेरै जसोको ५०/१ मा एभेरेज एज हुन्छ । त्यसमा महिनावारी सुक्छ । महिनावारी सुक्नु भनेको हो को भने महिलाहरूको जुन प्रजनन सम्बन्ध जुन क्षमताहरू छन् ।
प्रजननसम्बन्धी जे जति उसको काम हुन्छ, त्यो चाहिँ बिस्तारै कम भएर गएको भन्ने बुझिन्छ । त्यो चाहिँ प्रजननको लागि चाहिने जति हर्मोनहरु छ नि । त्यो हर्मोनहरु बिस्तारै कम हुँदै जान्छ । त्यो कम भएको कारण महिलाका शरीरमा चेन्जेजहरु आउन थाल्छ । त्यो फिजिकल चेन्जेज पनि हुनसक्छ, साईकोलोजिकल चेन्जेज हुनसक्छ । कतिपय चाहिँ उहाँहरूको स्वास्थ्यलाई नै खराब गर्ने खालको चेन्जेजहरु पनि हुनसक्छ । हुन त यो फिजिकल हो । नर्मल्ली हुने चिज नै हो । तर पनि त्यस्तो हुनसक्छ । ४० वर्ष पुगेपछि साईकोलोजिकल चेन्ज भनेको जस्तै मेरो आमा त एकदमै रिसाको रिसाइ गर्ने, बुझाउन गाह्रो भयो भन्ने हुन्छ ।
श्रीमानहरूले पनि एकदमै धेरै किचकिच गर्ने भयो भन्ने खालको हुन्छ । त्यो सबै हर्मोनहरुको कारणले गर्दा भएको हो । जुन हर्मोन हामीलाई चाहिन्छ, शरीरको सबै थोक मेन्टेन गर्न । त्यसमध्ये इम्पोटेन्ट (महत्वपूर्ण) हर्मोन जस्तै इस्टोजिन भन्ने हर्मोनको कमी हुँदै जान्छ । त्यो कारणले गर्दा यो समस्या देखापरेको हो ।
यो बेलामा प्रायः महिलाहरू मानसिक र शारीरिक द्वन्द्वमा हुन्छन् भन्ने छ,के यो सही हो ?
मैले अघि नै भनिसके नि, यो ४० कटेपछि जुन हर्मोनहरु चेन्जेजहरु आउँछ नि । त्यसले गर्दा त्यो फिजिकल नभई मानसिक रुपमा चेन्जेजहरु देखिन्छ । जस्तो ४० वर्ष कटेपछि कतिपय स्याड हुँदै जाने, एकदमै दिक्क मान्ने, पहिला गरेको काम पनि किन गरेको छु भनेर दिक्क मान्ने । रेष्टलेस हुने, निन्द्रा नलाग्ने, पुरानो कुरा सम्झेर बस्ने, सक्स्यूअल डिजाएरहरु कम हुँदै जानेजस्तो कुराहरू हुँदै जान्छ । कतिपय त म अब ४० वर्ष पुगे, जिउ पनि नराम्रो भयो । नेगेटिभ फिलिङहरु आउन थाल्छ । त्यसैगरी फिजिकल चेन्जेजहरु पनि देखिन्छ । यसमा कमन फिजिकल चेन्जेज भनेको शरीरमा अचानक तातो हुने, एक छिनमा फेरि चिसो हुने । त्यस्तो खालको लक्षण देखिन थाल्छ ।
त्यसलाई हामी हर्ट प्रोसेस भन्छौं । त्यो चाहिँ त्यो चाहिँ महिनावारी सुक्ने ताका करिब ७० प्रतिशत महिलाहरूमा त्यो देखिन्छ । त्यो कुरा अरुले त बुझ्दैन । मलाई तातो भयो भन्दा अँ हामीलाई चिसो भएको बेला तपाईँलाई तातो हुने भन्ने पनि हुनसक्छ । अथवा फ्यान चलाइराखेको छ । एक जनाले घटाउ भन्छ, अर्कोले बढाउ भन्छ । त्यो हिसाबले द्वन्द्व निस्किन्छ । त्यो महिलाले आफूले चाहेर भएको स्थिति होइन त्यो । अब त्यो चाहिँ फिजिकल्ली हिसाबले पनि उहाँको हर्मोनमा चेन्जेजहरु आएकाले त्यो हुन आएको हो । त्यस्तै गरेर राति निन्द्रा नलाग्ने, योनीद्वारहरु सुख्खा हुँदै जाने जस्ता समस्या पनि देखिन थाल्छ ।
यस्तो समस्या छ भनेर चाहिँ महिलाहरूले कसरी थाहा पाउने ?
महिलाहरूले यस्तो समस्या छ भनेर त भन्नुहुन्छ । तर परिवारको अरु सदस्यले चाहिँ त्यो कुरालाई समस्याको रुपमा मान्दैन । त्यो एउटा गाह्रो भएको विषय हो । जस्तै महिलाले मलाई एकदमै छटपटी हुन्छ । निन्द्रा लाग्दैन, रेष्टलेस हुन्छ । घर परिवार र आफन्तले भने तलाई त मानसिक रोग लागेछ भनेर डिस्करेज गरिदिने हुनसक्छ । उहाँले आफूलाई पहिचान त गर्नुहुन्छ । तर त्यो साँच्चीकै मानसिक रोग हो कि हर्मोनको कारणले भएको हो भन्नका लागि चाहिँ उहाँ डाक्टरकोमा नै आउनुपर्ने भयो । तर त्यो समस्या चाहिँ देखिन्छ उहाँकोमा । उहाँले आफूलाई भन्नुहुन्छ । पढेलेखेकाहरूले मेरो यो महिनावारी सक्न लागेर यस्तो भएको होकि पनि भन्नुहुन्छ । अव साईकोलोजिकल चाहिँ पहिला मानसिक रोगतिर गएर पछि गाईनोलोजिष्टतिर आउनेहरू पनि हुन्छन् । फिजिकलको लागि धेरै ठाउँमा डुल्ने, मेडिकलमा जानेहरू पनि हुन्छन् ।
भनेपछि यो समस्या महिलामा भन्दा पनि घरपरिवारले नबुझ्दा भएको हो ?
हो । त्यो बुझ्दाखेरि त्यसलाई समस्याको रुपमा लिन नसकिएको हो । अथवा त्यस्तो हुन्छ भनेर रियलाईज नगर्दा पनि त्यस्तो हुन्छ । यस्तो अवस्थामा मानसिक समस्या हुनसक्छ, फिजिकल समस्या हुनसक्छ भन्ने कुरा घरपरिवारका सदस्यले जानेको भए महिनावारी सुक्न लागेर पो त्यस्तो भएको हो कि । एकचोटी गाईनालोजिष्ट कहाँ भेटौँ न भन्ने हुन्थ्यो । त्यसकारण यसका लागि सबैले थाहा पाउन जरुरी छ । जसरी महिनावारी सुरु हुने बेलामा ऊ हलक्क बढ्यो भने महिनावारी हुन लाग्यो है भनेर बुझ्छन् नि । त्यस्तै गरेर अब यो ४० वर्ष कटेपछि जोडो हुने, गर्मी हुने, चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्यो भनेर यसरी भन्न थाल्यो भने महिनावारी सुक्न लागेर हो कि भनेर बुझनुपर्ने भयो । यो कुरा समाजका सबै मान्छेले बुझ्न जरुरी छ ।
यो समस्याको निदान र स्वास्थ्य हेरचार चाहिँ कसरी गर्ने त ?
यसको निदान गरेर यसको डाईनोक्सीस चाहिँ हुँदैन । गर्नुपर्दैन पनि । ४० वर्षको उमेरमा मान्छे मानसिक रोगी हुँदैन भन्ने त छैन नि । त्यस्तो बेलामा साईलोजिकल प्रोब्लम (समस्या) केही आएछ भने मानसिक रोगको गएर गोईनोलोजिष्ट कहाँ आउन सक्छ । कतै यो हर्मोनले हो कि भनेर पहिला मानसिक रोगकोमा गएर पछि मानसिक रोगमा जान पनि सकिन्छ । त्यस्तै गरेर ४० वर्ष उमेर पुगेका मानिसहरूलाई हर्ट प्रोसेज भन्छौं हामी । राती तातो हुने, चिसो हुने, एक्कासि जुरुक्क उठ्ने । अथवा मेरो छाला एकदम सुख्खा भएर गयो, योनीद्वारतिर सुख्खा हुन थाल्यो भने यस्तो अवस्थामा महिनावारी सक्नेताका भएको हो कि भनेर एकचोटी गाईनोलोजिष्टलाई भेट्न जरुरी हुन्छ । सबभन्दा ठूलो कुरा चाहिँ सम्पूर्ण मानिसहरूले छोरा हुन वा छोरी । उनीहरुले महिनावारी सक्ने ताका यी समस्याहरू हुनसक्छ है भनेर जबसम्म हामी जानकार हुँदैनौ नि । त्यसको समाधानतिर हामी जान सक्दैनौँ ।
अहिलेको अवस्थामा त्यो अवेरनेस हुने कुरामा कस्तो पाउनुभएको छ ?
अहिले बिस्तारै यो कुरामा अवेरनेस हुँदै गएको छ । जस्तो सबैको हातहातमा सोसल मिडियाले गर्दा पनि होला । कहीँ यस्तो हुने बित्तिकै लौ मलाई महिनावारी सक्न लागेर यस्तो प्रोब्लम भएको हो कि भनेर आउनेहरू हुनुहुन्छ । पहिलाको हेरिकन त अहिले बढेको हो । तर यो नै सफिसेन्ट चाहिँ छैन है । किनकि, पढेलेखेको मान्छेलाई पनि थाहा छैन कि यस्तो हुन्छ भनेर । एउटा यस्तो बिरामी भेटेको छु कि हर्ट प्रोसेजको कारणले सिंगै काठमाडौंमा उपचार गरेर इन्डियामा गएर उपचार गर्दा पनि निको नभएर पछि म कहाँ आएर मैले हर्मोनको उपचार गरेपछि निको भएको पनि छ । यो चाहिँ यस्तो पनि हुनसक्छ है भन्ने नलेज नभएर यस्तो भएको हो नि ।
यसको उपचार पद्धति के हो ?
यो बेला हुने सबभन्दा ठूलो समस्या भनेको महिनावारी घटबढ हुने समस्या हो । त्यो बेला चाहिँ हामी कहाँ आउनुहुन्छ है । जस्तो महिनावारी कहिले एक महिनामा हुने, कहिले तीन महिनामा हुने, कहिले १५ दिनमा हुने समस्या हुन सक्छन् । यस्तो खालको भयो भने त्यस्तो अवस्थामा हामी कहाँ आई पुग्नुहुन्छ । त्यो हामीले बुझाउँछौँ । महिनावारी सुक्ने बेलामा अव हर्मोन चाहिने भन्दा कम हुँदै गयो । यसको घटबढ भयो । मेन्टेन भएन । समस्या सुरु भयो । त्यो समस्या धेरैलाई हुन्छ । त्यसको उपचार पनि छिटो हुन्छ । किनकि त्यसलाई समस्याको रुपमा उहाँहरुले बुझ्नुहुन्छ । जस्तै सुत्न गाह्रो भयो । अथवा हर्ट प्रोसेस तातो भयो, चिसो भयो । अथवा सुख्खा हुन थाल्यो । पिसाब पोल्ने, चिलाउने हुन थाल्यो भने यो चाहिँ अर्कै समस्याको पो हो कि भनेर बुझ्नुहुन्छ । उमेर ४० कटेपछि सबभन्दा डर लाग्दो कुरा गर्नुहुन्छ भने हाम्रो शरीरको हड्डी साह्रै कमजोर हुँदै जान्छ । हड्डीमा, मासुमा घट्दै जान्छ । यो चाहिँ उमेर अनुसार घट्दै जाने प्रक्रिया हो । जस्तो यो प्रोब्लम मेलमा पनि हुन्छ । महिलाहरूको चाहिँ महिनावारी सक्ने बेलामा त्यो प्रक्रिया धेरै छिटो हुन्छ । यसअघि एकदमै स्लो हुन्छ । तर महिनावारी सुकेपछि बोर्नको डेन्सिटी घट्ने प्रक्रियामा एकदमै फास्ट हुन्छ । त्यसकारण त्यो चाहिँ ठूलो समस्या हो । डेन्सिटी घट्यो भने हाम्रो हड्डी छिटो भाँचिन्छ । कतिपय अवस्थामा बोर्न ९हड्डी० भाँच्चिएकै कारणले पनि मान्छेको ज्यान तलमाथि हुनसक्छ । त्यो ठूलो समस्या भयो । अर्को महिनावारी सुक्ने बेलादेखि सुकिसकेपछि मुटुको समस्या देखिन्छ । कोरोनरी हार्ट डिजिज भन्छौं हामीले । त्यो भनेको हार्टअट्याक भन्नेकुरा हुन्छ नि । हो त्यस्तो खालको समस्या चाहिँ बढ्दै जान्छ । यस्तो अवस्थामा सुगर बढ्न सक्छ, ब्लड प्रेसर बढ्न सक्छ । थाईराइड बढ्ने भन्ने चाहिँ थाहा भएको छैन । तर सबै उमेर समूहका महिलामा थाईराईडको समस्या देखिने भएकाले ४० वर्ष पछि पनि त्यो समस्या देखिन्छ । तर ह्वात्तै बढेको देखिँदैन । तर ब्लड प्रेसर, सुगर, हड्डी खिइने, पिसाबसम्बन्धी समस्या अवस्था पनि बढ्छ ।
हाम्रो देशमा यसको उपचार सेवा चाहिँ कस्तो पाउनुभएको छ ?
यो वास्तवमा पब्लिक हेल्थ ईस्यु हो यो । यो चाहिँ हामीले पब्लिकमा गएर नलेज दिएर उहाँहरूलाई एक्सरसाईज गर्ने, खानपानमा ध्यान दिने, आफूलाई सोसलाईज गर्ने । यो गर्नुभयो भने उहाँहरूको साईकोलोजिकल र थोरबहुत फिजिकल प्रोब्लम पनि हल हुन्छ । तर यदि त्यसले गर्दा पनि भएन भने जुन हर्मोनहरुको कारणले त्यो समस्या भएको थियो, त्यसलाई हामीले रिप्लेस गर्न सक्छौ । तर त्यो हर्मोन आफैँमा सेफ हर्मोन चाहिँ होइन । दिन मिल्छ, प्रोब्लम हल पनि हुन्छ । त त्यो दिँदा मोनिटरिङ चाहिन्छ । औषधि खाएपछि सजिलोहुने भएकाले अस्पताल नजाने गर्नुहुन्न । किनकि यो हर्मोनका आफ्नै किसिमको साईट इफेक्ट हुने भएकाले यसले राम्रो इफेक्टिभली काम पनि गर्छ तर मोरिङका लागि उहाँले डाक्टरलाई बेलाबेलामा भेटिरहन पनि सक्नुहुन्छ । औषधि यहाँ उपलब्ध छ । यो उपचार सबै गाईनोलोजिष्टहरुले गर्न सक्नुहुन्छ ।
केएमसीमा चाहिँ यसको उपचार सेवा कस्तो छ ?
प्राईमरिली हामीले गाईनोमा नै हेर्छौँ । भएन भने हामी कार्डियोलोजी, हर्ड, ब्लड प्रेसर आदिमा पठाउँछौँ । अल्टिमेटली हर्मोन दिनुपर्योै भने उपचार दिने हामीले नै हो । र महिलाहरूले पनि आफ्नो लागि चाहिँ आफैले पनि गर्नुपर्छ । अब ४० वर्ष पुगेपछि अरूको लागि मात्रै होइन, आफ्नो शरीरको लागि पनि हेर्नुपर्ने भयो है भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ ।
यस उपचारका लागि नेपालमा कति खर्च हुन्छ ?
हामीले यहाँ एकदम सस्तो उपचार दिइराखेका छौं यहाँ । हामी कहाँ एकदमै स्पेसलाईज डाक्टरहरू नै हुनुहुन्छ । जेनेरलबाट आउँदा ५० रुपैयाँको टिकट काटेर डाक्टरलाई भेट्न सक्नुहुन्छ । भनेपछि त यसलाई त सुलभ नै त मान्नुपर्ला । अब अरु बिएमडी गर्नुप¥यो, अथवा ईसिजी गर्नुपर्ला । त्यो पनि अरु पब्लिक हस्पिटल जस्तै छ । कुनैमा त हामी त्यो भन्दा पनि सस्तो नै छौं । त्यसकारण हाम्रोमा उपचारका लागि त्यस्तो महँगो छैन । जस्तो पाठेघरको मुखको क्यान्सर पनि हामी गरिदिन्छौ । त्यो पनि अरु ठाउँमा हेरिकन हाम्रोमा सस्तो छ । त्यो हामी ११ सयमा नै गर्छौं । त्यो अन्य ठाउँमा हुँदैन । हामी त्यसैमा क्यान्टरको डाक्टर कहाँ पनि ५० रुपैयाँको टिकटमा नै उपचार हुन्छ । उपचारको हिसाबले यहाँको उपचार साह्रै नै सुलभ छ ।
४० वर्ष कटेपछि आकस्मिक रुपमा कुनै जोखिमहरू हुनसक्छ ?
अघि मैले भने यसको कारण ठूलो समस्या मुटुको हर्ट अट्याकको समस्या हुनसक्छ । उहाँको बोर्न फ्याक्टर हुनसक्छ । हड्डी खिइने क्रम तीव्र हुनाले यसको फ्याक्चर हुन नदिन एकदम केयर हुनुप¥यो । त्यसकारण ४० उमेर पुगेपछि महिलाहरूले मलाई अब धेरै रोग हुन्छ है भन्ने सोचेर आफ्नो लागि आफैले ध्यान दिनुपर्ने हुन्छ । अब हामीले महिलाहरूको एउटा प्याकेज पनि सुरु गर्दैछौं । पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ कि छैन रु भनेर टेस्ट केएमसीले गर्दैछ । जनरल हेल्थ चेकअप गर्छौं । कुनै समस्या छ कि छैन भनेर । मुटु, सुगररोग छ कि छैन भनेर टेस्ट गर्ने गरेर हामी एउटा प्याकेज सुरु गर्दैछौँ ।
४० वर्ष उमेर कटेपछि कस्तो खानपानमा ध्यान दिनुपर्छ ?
यो उमेर लागेपछि महिलाहरू मोटाउँदै जानुहुन्छ । शरीरको बीच भागमा बढी बोसो लाग्न थाल्छ । त्यो भनेको खतरा हो । त्यसले मुटुको रोगलाई निम्त्याउँछ । सुगरलाई निम्त्याउँछ । त्यसो हुनाले उहाँहरुले एक्सरसाईजमा मात्रै होइन, खानपानमा पनि ध्यान दिनुपर्छ । पहिला जति मात्रा खानुहुन्थ्यो, अब त्यति खानु हुँदैन । किनभने उहाँको फिजिकल एक्सरसाईज पनि बिस्तारै घट्दै जान्छ । खानपान घटाउँदै जानुपर्छ । क्यालोरी इन्टेक पहिला २ हजार लिनुहुन्थ्यो भने अब हजार, १२ सय क्यालोरी इन्टेक गर्नुपर्ने हुन्छ । फ्याट इन्टेक पनि कम गर्नुपर्छ । हामीले फलफूल, भिजिटेबललाई इन्टेकमा बढाउनुपर्ने भयो । त्यसले क्यालोरी इन्टेक पनि कटाउँछ । दैनिक माछा, मासु खाइन्छ भने त्यसलाई पनि घटाउनुपर्ने हुन्छ । जंक फुड खाने बानी घटाउनु पर्छ । त्यसले त्यसले क्यालोरी बढाउने, शरीरलाई मोटो बनाउने भयो । जंक फुडमा केमिकल पनि हुन्छ । अर्को प्रोसेज गरेको खानेकुराहरू पनि खानुभएन । चिया, कफीको मात्रा पनि घटाउनु प¥यो ।
केही सुझाव ?
अब चाहिँ महिलाहरूले ४० वर्ष कटेपछि आफ्नो लागि आफैले सोच्ने बेला भयो । वर्षको एकपटक कम्तीमा अस्पताल गएर आफ्नो स्वास्थ्य चेक अप गराऔँ । त्यसमा कुनैपनि समस्यालाई सानो नठानौँ, त्यसले पनि ठूलो जोखिमको रूप लिनसक्छ । मुख्य कुरा उहाँहरुले आफ्नो लाइफस्टाइललाई मोडिफाई गर्नुप¥यो । त्यसमा योगा गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने, क्यालोरी इन्टेक कम गर्ने । त्योसँगसगै पानीको मात्रा बढाउने । त्यसले किड्नीको फंग्सनलाई काम गर्ने बनाई राख्छ । र केही समस्या भयो भने गाईनोलोजिस्ट कहाँ आएर भेटि हाल्नुपर्दछ । बेलैमा उपचारका आए बेलैमा निदान पनि गर्न सकिन्छ । त्यसका लागि हाम्रो अस्पतालमा मैले अघि नै भनेका प्याकेजहरू छन् । परीक्षण गरांै ।
डा. मिना थापा स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ ।
I need contact number. please!