स्टार्टअप उद्यमीलाई सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा

काठमाडौँ । सरकारले स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टाटप बोर्ड गठन गर्ने भएको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले सरकारले उद्यम युवा सहभागिता बनाउन स्टर्टअप र नवप्रवर्तनका इको सिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गर्ने बताए ।

उनले स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न १ अर्बको नेपाल स्टाटप कोष खडा गरेको बताए । उनले युवाहरूको उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रत्येक प्रदेशमा बिजनेस इन्कोभेसन सेन्टर सञ्चालन गरिने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जालाई स्टाटप लगानी गर्न प्रोशाहन गरिने बताए ।

महिला उद्यमीहरूबाट उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनको लागि सार्वजनिक निजी साझेदारीमा काठमाडौंको चोभारमा प्रदर्शनीस्थल निर्माण गरिने बताए । सरकारले महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु बिक्री गर्न कोसेली घर स्थापना गर्ने भएको छ ।

उनले उद्योग र सीप सम्बन्धी कानुनलाई परिमार्जन गर्दै लगिने बताए । उनले घरेलु मदिराको उत्पादन ब्राण्डिङ,बजारीकरण तथा बिक्री गर्न कानुनी व्यवस्था मिलाउने बताए । उनले औद्योगिक विकास र प्रवर्द्धनको लागि ६ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *