सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय
मकालु खबर
२०८१ जेठ १५ गते
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साईन्स कलेज स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो ।
उनले सो अस्पताल काठमाडौं विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताए । त्यसैगरी सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री पुनले विद्यमान जनसंख्या नीति परिमार्जन गरी कार्यान्वयनमा ल्याइने प्रतिवद्धता समेत व्यक्त गरे ।
मकालु खबर
२०८१ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित