मण्डला थिएटरमा ‘लय प्रकृतिको’ नाटक मञ्चन (तस्बिरहरू)

काठमाडौँ । थापागाउँ स्थित मण्डला थिएटर नेपालमा ‘लय प्रकृतिको’ नाटक मञ्चन गरिएको छ । जेठ १५ गते मंगलबार रिजन केसिको निर्मातामा बनेको नाटक ‘लय प्रकृतिको’ मञ्चन गरिएको हो ।

पछिल्लो समयमा प्रकृतिमा घटेको घटना र यसले समाजमा परेको असरलाई नाटकमा प्रस्तुत गरिएको छ ।

यस नाटकका लेखक प्रदीपकुमार चौधरी हुन भने अतिरिक्त लेखक रिजन केसी हुन् । नाटकमा सोमनाथ खनालको डिजाइन र निर्देशन रहेको छ ।

नाटकमा कमलमणि नेपाल, बलबहादुर राई, लोकेन्द्र लेखक, सरस्वती चौधरी, विकास जोशी, सिर्जना सुब्बा, रेणुका कार्की, सुरज यादव, अग्निश्री विश्वकर्मा, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल र मनि कुलुङ राईको अभिनय रहेको छ ।

नेपाल सरकार, गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा ‘लय प्रकृतिको’ नाटक मञ्चन गरिएको हो ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *