सन्दीप लामिछानेको भिसा प्रक्रिया अघि बढ्यो, आजै ४ बजे अन्तर्वार्ता

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको भिसा प्रक्रिया अघि बढेको छ ।

लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो ।

नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो ।

भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *