खेलकुद मन्त्रीले सन्दीपलाई भेटेरै भने– आसावादी रहनु, प्रयास जारी छ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्टार स्पिनर सन्दीप लामिछानेलाई विश्वकपका लागि आसावादी रहन सुझाव दिएका छन् ।

अमेरिकाको भिसाका विषयमा सन्दीपसँग कुरा गर्दै श्रेष्ठले आशावादी रहन भनेका हुन् ।

उनले परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भिसाका लागि पहल गरिरहेको बताउँदै छिट्टै भिसा लाग्ने विश्वास दिलाए ।

उनले भने, ‘हाम्रो तर्फबाट सतप्रतिशत काम भएको छ । उताको कुरा के के हुन्छ हेरौँ । त्यसमा कुटनीतिक कुराहरु छन्। सरकार पनि एकदम चिन्तित छ । कुटनीतिक कार्यमा गएर रोकिएको हो । केही राम्रो नै हुन्छ भन्ने आशा गरौँ ।’

अनुगमनका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका खेलकुद मन्त्रीले श्रेष्ठले सन्दीपसँग भेट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *