नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै बजेटमा करका दरहरू हेरफेर गरेका हौँ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए । उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिबद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गरे ।
उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र वृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए । उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै वृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गरे । उनले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरे ।
उनले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गरे । उनले सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको बताए । उनले करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेको भन्दै यो विषयमा सार्वजनिक बहस गर्न तयार रहेको बताए । उनले करका दर हेरफेरमा प्रतिस्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्ने व्यवसायीहरू सरकारसँग डराउनु नपर्ने बताए ।
उनले कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भुमिका खेल्ने उनको भनाइ छ । उनले बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको बताए । उनले स्पञ्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको बताए । उनले विभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको बताए । उनले सरकारले लुकाएर करका दर हेरफेर नगरेको बताए ।
अर्थमन्त्री पुनले भने ‘मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भइराख्छन् । तर वृहत् सोचमा परिवर्तन नआओस् । नयाँ चरणको आर्थिक सुधार गरौं । त्यो पनि साझा सोचबाट गरौं भन्ने बजेटमा उल्लेख भएको छ । सरकारको मात्रै नभएर वृहत् छलफलबाट सोच निर्माण गरौं । निजी क्षेत्रसहितको साझा सोच आउनुपर्छ जसले मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्न सकोस् भन्ने सरकारको प्रतिबद्धता हो । सबैको साझा सोच र संकल्प बनेपछि नयाँ चरणको सुधार हुन्छ । छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेका छौं ।
सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको छ । करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेका छौं । यो विषयमा सार्वजनिक बहस गर्न तयार छौं । करका दर हेरफेरमा प्रतिस्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्छु भन्ने व्यवसायीहरू सरकारसँग डराउनु पर्दैन । सरकारले पनि सबै निजी क्षेत्रलाई समान रुपमा हेर्छु भन्यो भने छलफल गर्न आवश्यक छ । स्पन्ज आइरनका विषयमा तरंगा आउँछ भन्ने नै लागेको थियो, आयो । यो विचार गरेरै ल्याइएको हो । यसबारे आजै व्यवसायीहरूसँग छलफल गर्दै छौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ । तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ । व्यवसायीहरूलाई तथ्यमा आधारित भएर छलफल गर्नका लागि बोलाएका छौं ।’
उनले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफू सरपराइज भएको बताए । उनले बजेटमा फरक फरक धारणा आउनु स्वाभाविक भएको बताए । उनले अधिकांश क्षेत्र र प्रतिपक्ष दलहरूको सकारात्मक प्रतिक्रिया आएको भन्दै सुखी व्यक्त गरे । उनले बजेट अलिअलि आलोचना आउनु स्वाभाविक रहेको बताए ।
उनले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएकाले आफै सर्प्राइज भएको उल्लेख गरे । उनले आफैँलाई पनि तथ्यमा आधारित भएर नै बजेट ल्याएको दाबी गरे । उनले सबै मन्त्रालय र निकायहरूको मेहनत र सरोकारवालाहरूको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताए । उनले प्रि–बजेट डिस्क सनहरूको समेत प्रभाव परेको र नेपालको अहिलेको अर्थतन्त्रको यथार्थ स्थिति अनुभूत गर्ने परिवेश बनाएको बताए ।
उनले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकांश क्षेत्र र सरोकारले यसको स्वीकार गरेको बताए । उनले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताए । उनले सूचना प्रविधिमा प्राथमिकता राखेर निःशुल्क कार्यालय दिने जस्ता कार्यक्रम ल्याएको बताए । उनले निजी क्षेत्रले यसमा साथ दिएर कार्यक्रमलाई सफल बनाउन आवश्यक रहेको बताए ।