नेपाल र अमेरिकाबीचको ‘वार्म अप’ खेल रद्द

काठमाडौँ  । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबिचको वर्मा-अप खेल वर्षाले रद्द भएको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरक क्रिकेट मैदानमा हुनुपर्ने खेल वर्षाले रद्द भएको हो ।

यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पनि खेल हुन सकेन ।  नेपालले यस अघि पहिलो वर्मा-अप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो । अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ ।

टी-२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *