विश्वका सबै टिमलाई हराउन तयार छौं : मोन्टी देसाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पहिलो खेलका लागि केन्द्रित भएर अभ्यास गरिरहेको बताएका छन् ।

शनिवार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सबै किसिमले अब नेपाल विश्वकप खेल्न तयार रहेको बताए ।

उनले यस पटक दुई वटा देशमा विश्वकप हुने भएको सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको बताए ।

उनले नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताए ।

उनले भने– ‘हामीले पहिलो गेमका लागि फोकस गरेर तयारी गरिरहेका छौं  । हामी अब सबै किसिमले विश्वकपका लागि तयार छौँ । नयाँ ठाउँमा केही तयारी गर्नुपर्ने हुन्छ । त्यसकै लागि हामी करिव एक महिनाअघि नै आएर यहाँ भिज्ने प्रयास गरेका छौँ । दुई फकर फरक देशमा खेल छ, त्यसका लागि हामी अब तयार छौं  । दीपेन्द्र सिंह ऐरी अहिले सबै किसिमले रेडी छ, अभ्यासहरु गरिरहेको छ । स्पिनर बलरको भुमिका धेरै नै महत्वपूर्ण छ, त्यसको लागि ललित र सागर छन् । त्यसले हाम्रो टिम ब्यालेन्स भएको छ ।’

उनले दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट रहेको बताउँदै नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको बताए ।

जुन २ बाट अमेरिका र वेस्टइण्डिजमा टि २० विश्वकप शुरु हुँदैछ । नेपालको खेल भने जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *