टी-२० विश्वकप : अमेरिका र क्यानडाबीचको खेल जारी

काठमाडौं । आईसीसी टी-२० विश्वकप सुरु भएको छ । वेस्ट इन्डिज र अमेरिका संयुक्त आयोजक रहेको प्रतियोगिता अमेरिकाबाट सुरु भएको हो ।

डालासमा जारी पहिलो खेलमा आयोजक अमेरिका र क्यानडा प्रतिस्पर्धा गरिरहेका छन् । जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ । आजै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल नेपाली समय अनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ ।

आजदेखि विश्वकपका खेल सुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्नेछ । नेपालले जेठ २२ गते मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ।

२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *