टी-२० विश्वकप

धालिवाल र किर्तनको अर्धशतकमा क्यानडाले अमेरिकालाई दियो बलियो लक्ष्य

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो ।

उसका लागि पूर्वकप्तान नवनीत धालिवाल र मध्यक्रमका ब्याटर निकोलस किर्टनले अर्धशतकीय पारी खेले । धालिवालले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रनको पारी खेलेका हुन् । टी-२० आईमा धालिवालको यो सातौं अर्धशतक हो ।

यस्तै, किर्टनले ३१ बलमा तीन चौका र दुई छक्काहित ५१ रनको इनिङ खेले । टी-२० आईमा उनको यो पहिलो अर्धशतक हो । यस्तै, अविजित रहेका श्रेयस मोव्वाले १६ बलमा दुई छक्का र दुई चौकासहित अविजित ३२ रनको आक्रामक पारी खेले । त्यस्तै, आरोन जोनसनले २३ र दिलप्रीत बाजवाले ११ रन जोडे ।

अमेरिकाका लागि कोरी एण्डरसन, अलि खान र हरमीत सिंहले एक/एक विकेट लिए । जारी संस्करणको विश्वकपमा पहिलोपटक २० देशले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यस्तै, नेपालले १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशको सामना गर्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *