शिक्षा, स्वास्थ्य सुधार परियोजना सुनसरीको बर्जुमा

विराटनगर । सुनसरीको बर्जू गाउँपालिकामा शिक्षा स्वास्थ्य सुधार परियोजना सुरु भएको छ। खानपान शिक्षा, स्वास्थ्य र बालबालिकाको हेरचाहलाई केन्द्रित गरेर ‘एजुकेसन सपोर्ट भिया वास एन्ड अदर अपग्रेड इन बर्जू’ परियोजना सुरु भएको हो ।

एलडिएससी हङकङको आर्थिक सहयोग, हर्ड नेपालको प्राविधिक सहयोग र बर्जू गाउँपालिकाको सह संयोजनमा सुरु भएको परियोजनाले महिनावारी स्वच्छता, विद्यालयको कक्षा कोठाको स्तरोन्नति, खानेपानी र सरसफाइ, बाल विकासको स्तरोन्नति लगायतको विषयमा केन्द्रित हुने जानकारी गराइएको थियो ।

बर्जू गाउँपालिकामा रहेको ४४ वटा बाल विकास केन्द्र रहेकोमा १६ वटा बाल विकास केन्द्रको सुधार र स्तरोन्नति सहितको सरसफाइका कार्यक्रम सुरु भइसकेको हर्ड नेपालका संस्थापक अध्यक्ष राकेश यादवले जानकारी दिए । परियोजना मार्फत बालबालिकाको स्वास्थ्य र स्वच्छतामा सुधार, बालबालिकाको व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता सुधार, अपाङ्गमैत्री संरचनामा सुधार गरी बाल विकासको सुदृढीकरण गर्ने योजना रहेको उनको भनाई छ ।

पहिलो चरणमा १६ वटा बाल विकास लक्षित गरी सुरु भएको परियोजना अप्रिल १ तारिखदेखि ११ महिना कोलागि सम्झौता भएको छ । कार्यक्रममा सहभागी हुन आएका एलडिएससी हङकङका कन्ट्री डाइरेक्टर रिचार्ड नफर्ड र लोरी नफर्डले यो नेपालको लागि नयाँ प्रकृतिको कार्यक्रम भएको बताए । महिनावारी स्वच्छता र सरसफाइ सहित शिक्षा क्षेत्रमा भएको यो परियोजना सबै कोलागि चाखलाग्दो हुने उनीहरूको दाबी छ ।

बर्जू गाउँपालिकाका अध्यक्ष जीवछकुुमार राय, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले बर्जू गाउँपालिका विराटनगर महानगरपालिकाको नजिकै भएर पनि धेरै कारणले पछि परेको बताए । ११ महिने परियोजना अवधिमा ७३ लाख ६ हजार ९४१ रुपैयाँ खर्च हुने जनाइएको छ । परियोजना सफल बनाउन कोलागि समुदायको परिचालन गरी उनीहरूलाई जबाफदेही बनाउने र त्यस कोलागि पालिकाले सहयोग गर्ने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *