टी-२० विश्वकप : ओमान नामिबियासँग १०९ रनमै अलआउट

काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा समूह ‘बी’ अन्तर्गतको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । बार्बाडोसस्थित केन्सिङ्टन ओवलमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो ।

उसका लागि खालिद कैलले ३९ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक ३४ रन बनाए । यस्तै, जीशान मक्सूदले २२, अयान खानले १५ र शाहील अहमदले ११ रन जोडे ।

नामिबियाका लागि बायाँहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सानदार बलिङ गरे । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट लिए । टी–२० आईमा ट्रम्पलम्यानको यो करियरकै उत्कृष्ट बलिङ स्पेल हो ।

यस्तै, डेविड भिसेले तीन, कप्तान गेहार्ड इरास्मसले दुई र बर्नार्ड स्कोल्ट्जले एक विकेट हात पारे । विश्वकपमा आज दक्षिण अफ्रिका र श्रीलंका पनि भिड्ने छन् । समूह ‘डी’ मा रहेका दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल राति ८ः१५ देखि सुरु हुनेछ ।

समूह ‘डी’ मै रहेको नेपालले पहिलो खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । उक्त खेल राति ९ः१५ देखि अमेरिकाको डालासमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *