टी–२० विश्वकप : सुपर ओभरमा धकेलिएको खेलमा नामिबियाले ओमानलाई हरायो

काठमाडौं । नामिबियाले नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । बिहान सम्पन्न खेलमा ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाले विश्वकपमा विजयी सुरुवात गरेको हो ।

निर्धारित आभेरमा बराबर रन भएपछि खेल पर ओभरमा धकेलिएको थियो । १ सय १० रनको लक्ष्य पछ्याउनेक्रममा अन्तिम ओभरमा नामिबियालाई जितका लागि ६ बलमा ५ रन आवश्यक थियो । तर, उसले २ विकेट गुमाएर ४ रन मात्र जोड्यो । र, सुपर ओभरमा धकेलियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गर्दै नामिबियाले २१ रन बनायो । उसका लागि डेविड भिसेले १३ र कप्तान गेर्हार्ड इरास्मसले अविजित ८ रन बनाए । २२ रनको लक्ष्य पछ्याएको ओमानले सुपर ओभरमा एक विकेट गुमाएर १० रन मात्र बनाउन सक्यो ।

समूह ‘डी’ मा रहेका दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेल राति ८ः१५ देखि सुरु हुनेछ । समूह ‘डी’ मै रहेको नेपालले पहिलो खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ । नेपाल र नेदरल्याण्ड्सबीचको उक्त खेल राति ९ः१५ देखि अमेरिकाको डालासमा सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *