नेशनल लाइफको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको पर्यटकीय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन श्री सुमन कार्कीसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २०० जना वरिष्ठ अभिकर्ताहरूलाई बलथली भ्रमण गराइएको थियो । भ्रमणका क्रममा बलथलीको मनोरम दृश्यका साथै त्यहाँ अवस्थित प्रसिद्ध लड्केश्वर मन्दिर र १०८ फिटे त्रिशूलको अवलोकन गराइएको थियो ।

साथै, बलथली भ्रमण पश्चात् धुलिखेलमा कलाकार सुमन कार्कीको एकल मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उनको प्रस्तुतिबाट मनोरञ्जनका साथै आफूहरूको वृत्ति विकासमा समेत योगदान पुर्याउने विश्वास सहभागी अभिकर्ताहरूले व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *