टि-२० विश्वकपमा सर्वाधिक पुरस्कार राशी घोषणा, नेपालले पनि पाउनेछ कम्तिमा ३ करोड

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी टि–२० विश्वकपको पुरस्कार राशी घोषणा गरेको छ।

आइसीसीले यसपटक किर्तिमानी पुरस्कार राशी घोषणा गरेको हो। विजेतालाई २४ लाख ५० हजार अमेरिकी डलर (झन्डै ३२ करोड ५० लाख रुपैयाँ) दिने घोषणा गरेको छ ।

यो भनेको अहिलेसम्मकै धेरै पुरस्कार राशी हो। उपविजेताले १६ करोड रुपैयाँ प्राप्त गर्नेछ।

सेमिफाइनलबाट बाहिरिने दुई टोलीले साढे ११ करोड रुपैयाँ प्राप्त गर्नेछन्।

सुपर ८ मा पुग्ने टोलीले पनि कम्तिमा ५ करोड रुपैयाँ पाउने आईसीसीले घोषणा गरेको छ।

समूह चरणमा तेस्रो हुने चार टोलीले ३ करोड ३० लाख रुपैयाँका दरले पाउँदा हरेक समूहका पुछारका दुई टोलीले झन्डै ३ करोड रुपैयाँ प्राप्त गर्नेछन्।

हरेक टोलीले एक खेल जित्दा ४० लाख रुपैयाँ अतिरिक्त पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल यसपटक विश्वकपको समूह डी मा छ । नेपाल रहेको समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

नेपालले पहिलो खेल मंगलबार नेदरल्याड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार रातको सवा ९ बजे हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *