श्रीलंका ७७ रनमा अलआउट, दक्षिण अफ्रिकालाई ७८ रनकाे लक्ष्य

आइसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमै अलआउट भएको छ।

न्युयोर्कको नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा अलआउट भएको हो।

श्रीलंकाका लागि कुशल मेन्डिसले १९, एंगेलो माथ्यु १६ र कमिन्डु मेन्डिस ११ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

साउथ अफ्रिकाका एनरिच नोर्टेजले सर्वाधिक ४ विकेट लिए। कागिसो रवाडा, केशव महाराजले समान २ विकेट लिए। ओटनिल बार्टमानले १ विकेट लिए।

साउथ अफ्रिकाले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ। यी टोली नेपाल रहेकै समूह डी का हुन्। समूह डी को यो पहिलो खेल हो।

यो समूहको दोस्रो खेलमा मंगलबार बेलुका नेपाल र नेदरल्याण्ड्स भिड्दैछन्। खेल नेपाली समय अनुसार बेलुका सवा ९ बजे हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *