काठमाडौं महानगरले यी तीन सार्वजनिक ठाउँमा निःशुल्क विश्वकप देखाउने

काठमाडौँ । टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो ।

नेपाली समयअनुसार राति सवा ९ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए ।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शनस्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ ।  टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *