टी-२० विश्वकप

कस्तो छ नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’ ?

काठमाडौं । अमेरिका र वेस्ट इण्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार मंगलबार राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ । जारी विश्वकपमा समूह ‘डी’ मा रहेका नेपाल र नेदरल्याण्ड्सको यो पहिलो खेल हो । दुवै टिम जितका साथ विश्वकपको सुरुवात गर्न चाहन्छन् ।

हेड टु हेडमा कडा टक्कर
हालसम्मको नतिजा हेर्दा नेपाल र नेदरल्याण्ड्सबीच कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म यी दुई टिमले १२ टी-२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले ५ खेल जितेको विगत छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको छ । विश्वकपमा भने नेपाल र नेदरल्याण्ड्स पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *