अफगानिस्तानको १२५ रनको शानदार जित

काठमाडौं । टी-२० विश्वकपमा अफगानिस्तानले शानदा जित हात पारेको छ । अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डा ५८ रन समेटिएपछि अफगानिस्तानले १२५ रनले शानदार जित हात पारेको हो ।

युगान्डा १६ ओभरमा ५८ रन बनाउँदा समेटिएको थियो । टस जिते पहिलो ब्याटिङ गर्दै अफगानिस्तनले ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो ।

युगान्डाका रोविन्सन ओबुयाले सर्वाधिक १४ रन बनाए भने रियाजल अलि साहले ११ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

अफगानिस्तानका फजल्लाह फारुकीले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट हात पारेका थिए भने रसिद खान र नभीन उल हकले २÷२ विकेट हात पारेका थिए ।

त्यसअघि अफगानिस्तानका लागि रहमनुल्लाह गुरबाजले ७६ रन बनाएका थिए भने इब्राहिम जर्दानले ७० रन बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *