विश्वकपमा नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका छन् । आज विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् ।

‘एक दशकपछि नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दै छ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ’, प्रधानमन्त्रीले फेसबुकमार्फत शुभकामना दिँदै भनेका छन्, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

आफू नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदै छ। मेरो विश्वास छ- विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *