टी-२० विश्वकप

पहिलो खेल महत्वपूर्ण हुन्छ, हामीले बेस्ट दिनेछौं : कप्तान रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताएका छन् । विश्वकप सुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वकप खेल्नका लागि आफूहरू सबै उत्साहित रहेको जनाउँदै सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताए । उनले अहिलेका खेलाडीको सपना आज पूरा हुन लागेको बताए । पहिलो खेल जित्नु महत्त्वपूर्ण हुने कप्तान पाैडेलकाे भनाइ छ ।

उनले भने, ‘हामी सबै जना उत्साहित छौं । यो इभेन्ट एकदमै महत्त्वपूर्ण छ । १० वर्षपछि हामी विश्वकप खेल्दैछाैं । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौं । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिष्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौं । जसले प्रेसर ह्याण्डल गर्दछ त्यही टिमले जित्छ । हामीले बेस्ट दिनेछौं । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्त्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’

कप्तान पाैडेलले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको पनि बताए । नेपालले विश्वकपमा आफ्नो पहिलो खेल आज नेदरल्याण्डविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *