हाम्रो टोलीले विश्वसामु नेपालको नामलाई पुनः शिखरमा पुर्‍याउने छ : पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली टोलीलाई शुभकामना दिएका छन् । उनले नेदरण्डसविरुद्ध आफ्नो पहिलो खेल खेल्नुअघि खेलाडीहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएका हुन् ।

विश्वकपको मैदानमा नेपाली टोलीलाई देख्दै गर्दा हजारौँ युवा र बालबालिकाहरूलाई क्रिकेटको ब्याट र बल बोक्ने उत्साह बढ्ने उनले बताए । सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्न नेपाली टोली मैदान प्रवेश गर्दैगर्दाको त्यो पल सिङ्गो देशकै लागि गौरवशाली रहेको पनि पारसले स्मरण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *