प्रभु बैंक र Swisscontact बीच सम्झौता
काठमाडौँ । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरूको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।
गत सोमबार उक्त सम्झौता भएको हो ।
Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase II का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरूलाई प्रभु बैकको नजिकका शाखाहरूबाट कृषि कर्जाका साथै वित्तिय साक्षरता/व्यावसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।