फिलिपिन्समा ज्वालामुखी बिस्फोट : ५ किलोमिटर उचाईमा खरानी र ग्यास निस्कियो
मकालु खबर
२०८१ जेठ २२ गते
एजेन्सी । मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी बिस्फोट भएको छ । खरानी र ग्यास ५ किलोमिटरको उचाईमा उडेको बताइएको छ ।
फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले यसबारेमा जानकारी गराएको हो । बिष्फोटले एक विशाल र ज्वालामुखी प्लम उत्पादन गरेको बताइएको छ ।
संस्थानले ज्वालामुखीको पश्चिमी ढलानमा रहेका समुदायहरूमा मोटो खरानी र सल्फरयुक्त गन्ध आएको बताएका छन् ।
कन्लाओनले नेग्रोस ओरिएन्टल र नेग्रोस ओक्सीडेन्टलको प्रान्तहरूमा फैलिएको छ । यो नेग्रोस टापुको सबैभन्दा अग्लो हिमाल हो । जसको उचाई समुन्द्र सतहबाट २,४६५ मिटर छ । सक्रिय स्ट्र्याटो ज्वालामुखी अन्तिम पटक डिसेम्बर २०१७ मा विस्फोट भएको थियो ।
मकालु खबर
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित