अमेरिकामा सोमपाल कामीमाथि जातीय विभेद !
मकालु खबर
२०८१ जेठ २२ गते
काठमाडौं । अमेरिकामा नेपाली क्रिकेट टिमका सदस्य सोमपाल कामीमाथि जातीय विभेद भएको छ ।
अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शनका क्रममा ऊनीमाथि त्यहाँका पुजारीहरूले विभेद गरेका हुन् ।
टी–२० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली क्रिकेट टिम पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजामा सामेल भएको थियो ।
त्यस क्रममा कप्तान रोहितकुमार पौडेल, गुलशन झा र सोमपाल कामी सामेल थिए । पूजा गरेपछि सुरुमा कप्तान रोहितले पुजारीबाट टिका र प्रसाद ग्रहण गरे । त्यसपछि गुलशनले पनि टिका र प्रसाद ग्रहण गरे । गुलसनपछि टिका थाप्न गएका सोमपाललाई त्यहाँका पुजारीले प्रसाद मात्रै दिए तर टिका भने लगाइ दिएनन् ।
उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि सोमपालले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
मकालु खबर
२०८१ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित