प्रेम सुवालको टिप्पणी– सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्‍यो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सो कुरा बताएका हुन् ।

सांसद सुवालले स्थानीय तहमार्फत देशको बजेट ५० प्रतिशत विनियोजन गरेर विकास, निर्माणको काम गर्नुपर्नेमा सरकारले सोही अनुसारको बजेट स्थानीय तहलाई विनियोजन नगरेको बताए ।

उनले संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न नमिल्ने बताए ।

उनले भने– ‘अब स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने छ । अहिले स्थानीय तहलाई सरकारले बजेट नै पठाएन । स्थानीय तहमार्फत् देशको बजेट ५० प्रतिशत विनियोजन गरेर विकास निर्माण गर्नुपर्ने हुन्छ । त्यो सबै तहको लागि त्यही ढंगले हेरिनुपर्छ । संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न मिल्दैन । ’

सांसद सुवालले स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने संवैधानिक व्यवस्था भएकाले त्यस अनुसार संघ र प्रदेश सरकारले स्थानीय तहसँग व्यवहार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *