नेपाल र नेदरल्याण्ड्सबीचको खेल आधाघण्टा ढिलो सुरु हुने

आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तरगत नेपाल र नेदरल्याण्ड्सबीचको खेल आधाघण्टा ढिलो सुरु हुने भएको छ।

नेपाली समयअनुसार सवा ९ बजे राति सुरु हुने भनिएको यो खेल वर्षाले मैदान प्रभावित भएपछि आधाघण्टा पछि सारिएको हो। अहिले खेल हुने डालसमा वर्षा रोकिएको छ।

अब सवा ९ बजे टस हुने र पौने १० बजे खेल सुरु गर्ने तयारी रहेको आईसीसीले जानकारी दिएको छ।

नेपालले १० वर्षपछि दोस्रो पटक विश्वकप खेल्न लागेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *