टि २० विश्वकप : पहिलो खेलमा नेपाल १०६ रनमा अलआउट, नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य

आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तरगत पहिलो खेलमा नेपाल नेदरल्याण्ड्सविरुद्ध १०६ रनमै अलआउट भएको छ। अन्तिम चार बल बाँकी हुँदै नेपालले सबै विकेट गुमाउन पुग्यो। अन्तिमका चार बलमा नेपालले शून्य रनमा तीन विकेट गुमायो।

१९ औं ओभरको पाँचौ बलमा करण केसीलाई गुमाएको नेपालले २० औं ओभरको पहिलो बलमा गुल्शन झा र दोस्रो बलमा अभिनास बोहरालाई गुमाउँदा सस्तैमा समेटिन पुग्यो।

नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ।

टस जितेर नेदरल्याण्डसले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १०६ रन बनाएको हो।

नेपालले दोस्रो ओभरबाटै विकेट गुमाउन थालेको थियो। जुनक्रम लगातार चल्दा नेपालले सम्मानजनक स्कोर बनाउन सकेन।

नेपालका लागि दुवै ओपनरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आशिफ शेख ४ रनमा आउट हुँदा कुशल भुर्तेलले पनि ७ रन मात्रै जोड्न सके।

अनिल साह ११ रनमा आउट हुँदा कुशल मल्ल ९ रनमै पेबेलियन फर्किए।

दीपेन्द्र सिंह ऐरीले १ रन मात्रै जोड्दा सोमपाल कामीले रनको खाता नै खोल्न सकेनन्।

कप्तान रोहित पौडेलले सम्हालिँदै ३५ रनको योगदान गर्दा करण केसीले १७ र गुल्शन झाले १४ रनको योगदान गरे।

अभिनास शुन्य रनमा आउट हुँदा सागर ढकाल शून्य रनमै नटआउट रहे।

नेदरल्यान्ड्सका प्रिङगनल र भाव वीकले ३/३ विकेट हात पारे। डी लिड र मकेरेनले २/२ विकेट लिन सफल भए।

नेदरल्याण्ड्सले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *