टी-२० विश्वकपमा आज भारत र आयरल्याण्डको प्रतिस्पर्धा

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । समूह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुने भएको हो ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि सुरु हुने छ ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समूह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *